ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले सन् २०३५ सम्म २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ सरकार अघि बढेको बताएका छन् ।
बुधबार राष्ट्रियसभा बैठकमा आफ्ना मन्त्रालयमाथि बिनियोजित बजेटमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री खड्काले ऊर्जा क्षेत्र मुलुक निर्माणको मेरुदण्ड रहेको बताए ।

उनले प्रसारण लाइनको क्षमता विस्तार गर्न १७ हजार ४ सय ४६ सर्किट किलोमिटर विभिन्न भोल्टेजस्तरका प्रसारण लाइन निर्माण गरी सब–स्टेसनहरूको क्षमता ४० हजार एमभिए पु¥याइने लक्ष्य रहेको जिकिर गरे













