काठमाडौं जिल्ला अदालतबाट भागेका थुनुवा पक्राउ परेका छन्।
आइतबार बिहान पौने ११ बजे जिल्ला अदालत काठमाडौंबाट २१ वर्षीय निराजन ठकुरी भन्ने दशरथ शाही भागेका थिए।

उनलाई प्रहरीले साँझ ५ बजेतिर गोंगबु बसपार्कमा रहेको मल क्षेत्रबाट पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहराले जानकारी दिए।
‘भित्र हतकडी लगाउन पाइँदैन। तर पिसाब लाग्यो भनेपछि शौचालय लगिएको थियो। त्यहाँ लग्दा एक हातमा लगाइएको थियो,’ उनले भने, ‘त्यसपछि झ्यालबाट हतकडीसहित हामफालेर भागेका हुन्।’
उनका अनुसार झ्यालबाट हामफालेपछि उनले लगाइरहेको ज्याकेट फुकालेर हतकडी लुकाएका थिए।













