काठमाडौँ — यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ। परीक्षा नियन्त्रण कार्यालय, सानोठिमीका अनुसार उत्तरपुस्तिका मूल्यांकन सकिएको छ र हाल प्राप्ताङ्क इन्ट्री तथा विवरण रुजु कार्य तीव्र गतिमा भइरहेको छ।
असार ६ गतेभित्र नतिजा प्रकाशित गर्ने कार्यतालिका तय गरिएको भए पनि शिक्षकहरूको आन्दोलनका कारण ढिलाइ भएको हो। गत वर्षको एसईईमा करिब ५ लाख १० हजार विद्यार्थी सहभागी भएका थिए।














