बलेफी- सिन्धुपाल्चोकको बलेफी गाउँपालिका वडा नं. ४ मा लगातारको अत्याधिक वर्षाका कारण विभिन्न स्थानहरूमा सडक अवरुद्ध भएका छन्। अविरल वर्षाका कारण पहिरो जाँदा वडाभित्रका प्रायः सबै सडकअवरुद्ध भएको वडाध्यक्ष सुर्जे तामाङले जानकारी दिनुभयो।
वडाध्यक्ष तामाङका अनुसार पहिरोका कारण स्थानीयवासीलाई दैनिक आवतजावतमा कठिनाइ हुने भएको छ भने खाद्य तथा स्वास्थ्य सामग्री ढुवानीमा समेत असर पर्ने भएको छ ।

“वडा नं. ४ का अधिकांश ठाउँहरूमा सडक पूर्णरूपमा बन्द भएका छन्,” अध्यक्ष तामाङले भन्नुभयो, “स्थानीयबासीको सुरक्षालाई मध्यनजर गर्दै अनावश्यक यात्रा नगर्न र सम्भव भएसम्म सुरक्षित स्थानमै बस्न सबैलाई अनुरोध गर्दछौं।”
वडाले वर्षासँगै थप क्षति नहोस् भन्ने कामना गर्दै सबैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।













