नेकपा एसका सांसद मेटमणि चौधरीविरुद्ध बैंकिङ कसुरमा जाहेरी परेको छ । जाहेरीपश्चात प्रहरीले मुद्दा दर्ताको प्रक्रिया थालेको छ ।चौधरी पार्टी उपमहासचिव एवं प्रमुख सचेतकसमेत हुन् ।
चौधरीविरुद्ध ५ करोड ४० लाखको चेक अनादरमा मुद्दा प्रक्रिया अघि बढेको हो ।

जिल्ला प्रहरी कार्यालय दाङका एसपी अर्जुन तिमिल्सिनाले सांसद चौधरीविरुद्ध हुलाक मार्फतबाट चेक अनादरमा जाहेरी आएको बताए ।
उजुरी कसले हालेको भन्ने बारे प्रहरीले केही खुलाएको छैन । यस विषयमा सांसद चौधरीसँग सम्पर्क गर्न खोज्दा उनको फोन उठेन ।













