नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ७२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













