अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका प्रबन्ध निर्देशक संगिता पहाडीसहित १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।
नेपाल टेलिकमको बिलिङ प्रणालीको मर्मत सम्भार सम्बन्धी ठेक्का लम्ब्याउने क्रममा भ्रष्टाचार भएको अख्तियारको दाबी छ । पहाडीसहीत पूर्व मुख्यसचिव बैकुण्ठ अर्याल लगायतविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

अख्तियारले ३३ करोड बिगो मागदाबी गरेको छ।













