नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ।
गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार चाँदीको मूल्य पनि बढेको छ।
मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार ७५ रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय ५५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













