काठमाडौं — काठमाडौं महानगरपालिकाका नगरप्रहरी प्रमुख राजु पाण्डे ६ महिनाका लागि निलम्बनमा परेका छन्।
पाण्डेले बुझाएको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई निलम्बन गरेका हुन्। महानगर स्रोतका अनुसार, पाण्डेलाई जिम्मेवारीबाट पूर्ण रूपमा हटाउने विषयमा अब कार्यपालिका बैठकमा सिफारिस गरिनेछ।

नगरप्रहरी प्रमुख पाण्डे केही समयदेखि विवादमा तानिँदै आएका थिए।













