काठमाडौं ।त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका लोकप्रिय मोडल हिराकाजी सेन्चुरी अभिनित गित “ठग्यो पिरतीले” सार्बजनिक भएको छ।

चचर्चित गायक हरि बहादुर राउत र गायिका कोपिला तामाङ वाइबाको आवाजमा रहेको भर्खरै रिलिज “ठग्यो पिरतीले” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ । वियोगान्त शब्दहरुले भरिएको गीतमा गायक सङ्गम थापाको शब्द तथा संगीत रहेको छ भने नारायण दङ्गालको एरेन्ज रहेको छ। सार्वजनिक गीतलाई MF डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा उनै लोकप्रिय कलाकार हिराकाजी सेन्चुरी, जुना कार्की लगायत अन्य कलाकारहरु फिचर्ड छन् ।
गीतको भिडियोमा मिलन श्रेष्ठको कथा र निर्देशन रहेको छ । आकर्षक फ्रेममा सन्तोष तिमल्सिनाले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई रोशन धितालले सम्पादन गरेका छन् । भर्खरै मात्रै सार्वजनिक यो गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ ।कलात्मक प्रस्तुति र भावपूर्ण संगीत संयोजनले दर्शक श्रोताको मन जित्ने अपेक्षा गरिएको छ। उक्त गीतको भिडियो Hari Bahadur Raut युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो….




