सिन्धुपाल्चोक -मेलम्ची नगरपालिका वडा नम्बर ९ को सम्पूर्ण विद्यालयलाई समेटिने गरी र विद्यालय क्षेत्र गरिने र गराइने विभिन्न शिक्षण सिकाई क्रियाकलापहरूको वार्षिक कार्यतालिका र शिक्षण सिकाई कार्यतालिकासहित सम्पूर्ण विद्यालय र विद्यार्थी भाइबहिनीहरूलाई भित्ते पात्रो २०८२ को हस्तान्तरण गरिएको छ।
मासिकरुपमा संचालन हुने कार्यक्रम वाहेक के के छन् कार्यपात्रोमा ?

१. वडामा रहेका सबै विद्यालयको तस्वीर र कार्यक्रमको प्रस्तुतीसँगै नगरप्रमुख,उपप्रमुख,प्रमुख प्रशासकीय अधिकृत र शिक्षा अधिकृत समेतलाई समावेश गरी स्थानीय पाठ्यक्रमलाई सहजहोस् भन्ने अवधारणा राखिएको ।

२्. वडामा संचालित विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको दरवन्दी विवरण समेतलाई समावेश गरिएको ।
३. धार्मिक तथा पर्यटकीय स्थल र वडामा संचालित स्वास्थ्य केन्द्रको नाम र ईन्चार्जहरुलाई समेतसमावेश गरीएको ।
४. वडाका जनप्रतिनिधि, वडामा कार्यरत कर्मचारी, वडा शिक्षा समिति र वडामा संचालित सहकारी संस्थालाई समेत समावेश गरीएको ।
५. वडाका विद्यालयहरुमा स्काउट शिक्षकहरुको विवरण र दीक्षान्त कार्यक्रमलाई समेत समावेश गरीएको ।
६. विद्यालय व्यवस्थापन समितिका अध्यक्ष, शिक्षक अभिभावक संघको अध्यक्ष र आमा समूहको अध्यक्षहरुको विवरण समावेश गरीएको ।
७. वडागत विद्यार्थी विवरण, वडा शिक्षा समितिले गरेका कार्यक्रम, घसम्ति प्रअ वैठक, शिक्षक आन्दोलन र वर्षभरीमा पढाई हुने दिन विद्यालय खुल्ने दिन परीक्षा, वर्षे विदा लगायतको विवरण समेत समावेश गरीएको ।













