काठमाडौं: लामो समयदेखि नेपाली मौलिक सांगीतिक विधा खान्दोके सेलो गीतमा निरन्तर लागिपरेका गायक आस्मान लोप्चन पछिल्लो समय झनै सक्रिय र उर्जाशील देखिएका छन्। परम्परागत लोकधुनमा आधारित आधुनिक प्रयोग गर्दै आएको उनका गीतहरूमा सांस्कृतिक चेतना र पहिचान झल्कन्छ।
खान्दोके सेलो गीतलाई मुख्यतः तामाङ समुदायमा लोकप्रिय लोकशैलीको रूपमा लिइन्छ, जसलाई लोप्चनले मौलिकतासहित आधुनिक स्वादमा प्रस्तुत गर्दै आएका छन्। आफ्ना गीतहरूमा उनले गाउँघरको जीवनशैली, प्रेम, सामाजिक परिवर्तन तथा युवापुस्ताको कथा समेट्ने प्रयास गर्दै आएका छन्।

यसैबीच, नयाँ नेपाली पप आधुनिक गीत ‘कोरियन लाहुरे अनलाइन धाइरहन्छु’ निकै मेहनत गरेर बजारमा ल्याएका छन् । गीतमा लोकप्रिय गायिका मेलिना राई र गायक आस्मान लोप्चनको आवाज सुन्न सकिन्छ।
गीतमा गणेश तामाङ योनजानको शब्द, बिशाल काल्तानको सङ्गीत तथा अर्पण थेन्ग तामाङको एरेन्ज, मिक्सिङ र मास्टरिङ रहेको छ। रेकर्डिङ पनि अर्पण स्टुडियोमै गरिएको हो।
गीतको अडियो संगै भिडियो पनि आकर्षक बनाइएको छ। भिडियोमा आस्मान लोप्चन स्वयं फिचर्ड छन् । आस्मानका अलवा चर्चित मोडल सञ्जना गुरुङलाई भिडियोमा देख्न सकिन्छ ।
भिडियोलाई अनिल बिस्टा प्युठानीले सम्पादन तथा रङ संयोजन गरेका छन्, दुर्गा श्रेष्ठले छायांकन गरेका छन् भने युद्ध लामाले निर्देशन तथा कोरियोग्राफी गरेका छन्।
गीतको भिडियोClick Nepalअफिसियल युट्युब च्यानलबाट रिलिज गरिएको हो। भिडियो..




