भारतको मुम्बईस्थित केईएम अस्पतालमा दुई जना कोभिड संक्रमित बिरामीको मृत्यु भए पनि ती दीर्घकालीन रोगका कारण भएको अस्पतालले जनाएको छ। यो सँगै कोभिड पुनः सक्रिय हुन थालेको संकेत देखिएको छ।
एसियाका विभिन्न देशहरू—सिंगापुर, हङकङ, चीन र थाइल्याण्डमा संक्रमितको संख्या पुनः बढ्दै गएको छ। सिंगापुरमा मात्र १ मेदेखि १९ मेसम्म ३०,00० नयाँ केस देखिएका छन्। भारतमा सोही अवधिमा २५७ संक्रमित भेटिएका छन्।

विशेषज्ञहरूका अनुसार हाल देखिएका केसहरू ओमिक्रोनका जेएन.१, एलएफ.७ र एनबी१.८ भेरियन्टका कारण हुन्। यिनीहरू हालसम्म अत्यधिक घातक नभए पनि कमजोर प्रतिरक्षा प्रणाली भएका व्यक्तिका लागि जोखिमपूर्ण मानिन्छ।
स्वास्थ्य मन्त्रालयले अवस्था नियन्त्रणमै रहेको बताउँदै नागरिकहरूलाई सतर्क रहन, खोप लिन, मास्क प्रयोग गर्न र स्वच्छता अपनाउन आग्रह गरेको छ।













