सिन्धुपाल्चोक — नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मोहनबहादुर बस्नेतले स्थानीय सरकारको विरोधका बाबजुद ठोकर्पा स्वास्थ्य चौकीको उद्घाटन गरेका छन्।
सुनकोशी गाउँपालिका अध्यक्षले रोक्न विज्ञप्ति जारी गरे पनि, कांग्रेस कार्यकर्ताको ठूलो सहभागितामा उद्घाटन सम्पन्न भयो।

सोमबार बस्नेतले लिसंखुपाखर गाउँपालिकाको निगाले नारगाउँ खानेपानी योजनाको पनि उद्घाटन गरे। कार्यक्रममा काँग्रेस प्रवेश गर्ने नयाँ कार्यकर्तालाई स्वागत गर्दै बाजागाजासहित बस्नेतलाई भव्य सम्मान गरिएको थियो।













