काठमाडौं । सरकारले गभर्नरमा विश्व पौडेललाई नियुक्त गरेको छ । बेलुका बसेको मन्त्रिपरिषद् बैठकले उनलाई गभर्नर नियुक्ति गरेको एक मन्त्रीले जानकारी दिए ।
यसअघि गभर्नर सिफारिस समितिले उनीसहित तीन जनाको नाम सिफारिस गरेको थियो ।

सिफारिसमा पर्नेमा निलम तिम्सिना ढुंगाना र पूर्वसचिव दिनेश भट्टराई थिए । लगत्तै बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई गभर्नरमा नियुक्त गरेको हो ।













