चौतारा – नेकपा (माओवादी केन्द्र) सम्बद्ध अखिल नेपाल खेलकुद महासंघ सिन्धुपाल्चोकको प्रथम जिल्ला सम्मेलन सम्पन्न भएको छ। सहिद स्मृति भवन चौतारामा आयोजित सम्मेलनले भुवन नेपाललाई अध्यक्षमा सर्वसम्मत चयन गर्दै ३१ सदस्यीय नयाँ समिति गठन गरेको छ।
नवनिर्वाचित नेतृत्वमा रेशम सुन्दास उपाध्यक्ष, रितिक परियार सचिव, विनोद तामाङ र राजन बुढाथोकी सह-सचिव, तथा रिया श्रेष्ठ कोषाध्यक्ष रहेका छन्।

कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चौतारा साँगाचोकगढी नगरप्रमुख कृष्णप्रसाद सापकोटा, अखिल नेपाल खेलकुद महासंघका सहअध्यक्ष जनक बर्तौला, प्रदेश संयोजक गोविन्द घिमिरे, जिल्ला खेलकुद विकास समिति अध्यक्ष रामकृष्ण दंगाल लगायतको उपस्थिति थियो।
अध्यक्षमा चयन भएका नेपालले खेलकुदलाई राष्ट्रिय विकाससँग जोड्दै जिल्लामा खेल संरचना तथा प्रतिभा विकासमा विशेष ध्यान दिने प्रतिबद्धता व्यक्त गरे।













