नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य बढेको छ।
मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८५ हजार तीन सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी बुधबार एक हजार नौ सय ६० रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय २६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













