काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिका सदस्य डा. विश्व पौडेलले समितिबाट राजीनामा दिएका छन्। उनले आइतबार गभर्नर सिफारिस समिति संयोजक समेत रहेका अर्थमन्त्री विष्णु पौडेललाई औपचारिक रूपमा राजीनामा बुझाएका हुन्।
अर्थमन्त्री सचिवालयले पौडेलको राजीनामाको पुष्टि गर्दै, “डा. विश्व पौडेलले गभर्नर सिफारिस समितिबाट राजीनामा दिनुभएको छ,” भनेको छ।

श्रोतहरूका अनुसार सत्तारुढ नेपाली कांग्रेसले राष्ट्र बैंकको गभर्नरको रूपमा नयाँ व्यक्ति अगाडि बढाउने निर्णय गरेपछि पौडेलले सिफारिस समितिबाट अलग हुने निर्णय गरेका हुन्। प्रारम्भमा कांग्रेस निकट कार्यकारी निर्देशक गुणाकर भट्टलाई गभर्नर बनाउने तयारी भए पनि उनको राजीनामा स्वीकृत नहुँदा वैकल्पिक नाम प्रस्तुत गर्ने निर्णयमा कांग्रेस पुगेको हो।













