सिन्धुपाल्चोक – राष्ट्रिय संगीतकर्मी संघ, सिन्धुपाल्चोक शाखाको पाँचौं जिल्ला अधिवेशन हालै सम्पन्न भएको छ। अधिवेशनबाट लोकगायक कुमार चालिसे सर्वसम्मत रूपमा जिल्ला अध्यक्षमा चयन भएका छन्।
सांगीतिक क्षेत्रका लागि समर्पित चालिसेले लामो समयदेखि सिन्धुपाल्चोक जिल्लामा लोकसंगीतको प्रवर्द्धन तथा संरक्षणमा महत्वपूर्ण योगदान पुर्याउँदै आएका छन्। उनले अधिवेशनपश्चात आफ्नो कार्यकालमा जिल्ला स्तरीय सांगीतिक कार्यक्रम, प्रतिभा पहिचान तथा सांगीतिक सम्पदाको संरक्षणसम्बन्धी कार्यक्रमहरू सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन्।

अधिवेशनबाट अन्य पदाधिकारीहरू पनि सर्वसम्मत रूपमा चयन भएका छन्। नयाँ नेतृत्वमा वरिष्ठ उपाध्यक्ष नारायण बाबु पौडेल, प्रथम उपाध्यक्ष बिष्णु थापा, तथा सचिव सागर भण्डारी चयन भएका छन्।
नव निर्वाचित अध्यक्ष चालिसेसहित सम्पूर्ण टिमलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरिएको छ।




