जिल्ला प्रहरी कार्यालय संखुवासभामा २०८२ वैशाख २१ गतेदेखि सञ्चालनमा आएको अपराध अनुसन्धान तथा नियन्त्रण तालिम आज एक विशेष कार्यक्रमका बीच समापन गरिएको छ।
६ (छ) कार्यदिन अवधिको प्र.ब.ह. देखि प्र.ज.लक्षित यस अनुशिक्षण कार्यक्रमको समापन समारोहको प्रमुख आतिथ्यता जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (प्र.ना.उ.) दक्ष कुमार बस्नेतले गर्नु भएको थियो।

समापन अवसरमा प्रमुख अतिथि बस्नेतले तालिममा सहभागी प्रहरी जवान तथा हवल्दारहरूलाई प्रमाणपत्र वितरण गर्नुका साथै तालिममा सिकाइएका विषयवस्तुहरूलाई आफ्नो कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न निर्देशन दिनु भएको थियो।
उक्त तालिमले प्रहरी कर्मचारीहरूको अपराध अनुसन्धान, नियन्त्रण र पेशागत दक्षता अभिवृद्धिमा सशक्त योगदान पुर्याउने विश्वास लिइएको छ।
कार्यक्रममा उपस्थित अन्य अधिकृत तथा प्रशिक्षकहरूले समेत तालिमको उपयोगिता र प्रभावबारे प्रकाश पार्दै, प्रहरीले बदलिँदो अपराधप्रवृत्तिका बीच अझ सक्षम र उत्तरदायी भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका थिए।
तालिमको समापनले प्रहरी संगठनभित्र ज्ञान, सीप र अनुशासनको स्तर अझ उकास्ने अपेक्षा गरिएको छ।













