सिन्धुपाल्चोक –बलेफी गाउँपालिकाको समन्वय र राष्ट्रिय व्यवसायिक प्रशिक्षण प्रतिष्ठान (CTEVT), भैसेपाटी, ललितपुरको सहयोगमा ६५ दिने निःशुल्क A लेभलको सिलाई कटाई तालिम सुरु भएको छ।
गाउँपालिकाकी उपाध्यक्ष सरु लामा तामाङले तालिमको अनुगमन गर्दै महिलाको सिप विकास र आत्मनिर्भरता प्रवर्द्धनमा तालिमले योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। उत्कृष्ट सहभागीलाई अनुदानमा सिलाई मेसिन प्रदान गरिने जानकारी पनि दिनुभयो।

प्रशिक्षक चन्द्रमाया श्रेष्ठका अनुसार, तालिममा गाउँपालिका क्षेत्रका २० जना महिला सहभागी छन्। तालिमपछि वैदेशिक रोजगारीको अवसरसमेत सृजना हुने अपेक्षा गरिएको छ।
बलेफी–५ की सहभागी अन्जना श्रेष्ठले तालिमले आत्मविश्वास बढेको अनुभव सुनाउदै गर्दै आर्थिक रूपमा सक्षम बन्ने आशा व्यक्त गर्नुभयो। गाउँपालिकाले यस्ता सीपमूलक कार्यक्रमलाई आगामी दिनमा पनि प्राथमिकता दिने जनाएको छ।जन्मभुमी पोष्टबाट













