नेपाली बजारमा आज (आइतबार) सुनको भाउ बढेको छ भने चाँदी घटेको छ।
अघिल्लो दिन अर्थात् शुक्रबार स्थिर रहेको सुनको भाउ यसदिन प्रतितोला ६ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ८४ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय १० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













