नेपाली बजारमा शुक्रबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी बढेको छ।
बिहीबार प्रतितोला चार हजार ६ सय रूपैयाँ घटेको छापावाल सुन शुक्रबार स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८३ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला एक हजार नौ सय १५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला एक हजार नौ सय ३० रूपैयाँमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३२ सय ५२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













