बुधबार सुन प्रतितोला सात सय रूपैयाँले घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकले यस्तो देखाएको हो।

मंगलबार प्रतितोला एक लाख ८८ हजार ८ सय रूपैयाँमा कारोबार भएको छापावाल सुन बुधबार एक लाख ८८ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी बुधबार १९ सय ६५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय १० अमेरिकी डलरमा कारोबार भइरहेको छ।













