काठमाडौं — अखिल नेपाल ट्रेड युनियन महासंघ (एनटुक)द्वारा आयोजित १३६ औँ मजदुर दिवस तथा OHS (Occupational Health and Safety) दिवसको अवसरमा बृहत अन्तरक्रिया कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ।
कार्यक्रममा श्रमिक संगठनहरू एनटियुसी, जिफन्टका प्रतिनिधि, उद्योगी व्यवसायी, श्रम मन्त्रालयका अधिकारी तथा श्रममन्त्री माननीय शरत सिंह भण्डारीको विशेष उपस्थिति रहेको थियो। सहभागीहरूले नेपाली श्रमिक तथा श्रम क्षेत्रका वर्तमान समस्या, चुनौती र समाधानका उपायहरूबारे गहन छलफल गरेका थिए।

कार्यक्रमले श्रमिकहरूको हकहितको संरक्षण, सुरक्षित कार्य वातावरण तथा श्रम सम्बन्धी नीतिगत सुधारको पक्षमा महत्वपूर्ण सुझाव र प्रतिबद्धता व्यक्त गरेको छ। श्रममन्त्री भण्डारीले श्रमिक अधिकार सुदृढीकरण र सामाजिक सुरक्षालाई प्राथमिकतामा राखी काम गर्ने प्रतिवद्धता जनाउनुभएको थियो।
उद्योगी, श्रमिक र सरकारबीच सहकार्य आवश्यक रहेको निष्कर्षसहित सम्पन्न भएको यस अन्तरक्रिया कार्यक्रम नेपाली श्रम क्षेत्रका लागि ऐतिहासिक कोशेढुंगा सावित भएको आयोजकले जनाएको छ।














