सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–८ मानेश्वारास्थित गोल्माथाङ मन्दिर नजिक बोलेरो गाडी पल्टिँदा १२ यात्रु घाइते भएका छन्। बा १९ च ८३०४ नम्बरको बोलेरो मोडमा ठोक्किएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय बाह्रबिसेले जनाएको छ।
घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाले काठमाडौं रेफर गरिएको छ भने बाँकीको बाह्रबिसे नगर अस्पतालमा उपचार भइरहेको छ। बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटनापछि स्थानीय र सुरक्षाकर्मीले उद्धार गरेका थिए। घाइतेको भनाइअनुसार ब्रेक फेल भएर दुर्घटना भएको हो।














