नेपाली बजारमा शुक्रबार सुन–चाँदीको मूल्य घटेको छ।
बिहीबार प्रतितोला दुई सय रूपैयाँ बढेको छापावाल सुन शुक्रबार प्रतितोला एक हजार रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ८९ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदी प्रतितोला दुई हजार १० रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार प्रतितोला दुई हजार रूपैयाँमा किनबेच भइरहेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ घटेको हो।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३३ सय २३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













