शिक्षामन्त्री विद्या भट्टराईले शिक्षकहरुको आन्दोलन भइरहेका बेला राजीनामा दिएकी छन् । उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएको बालुवाटार निकट स्रोतले जनाएको छ ।
उनले सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर राजीनामा बुझाएकी हुन् । शिक्षकहरू लगातार सडक आन्दोलनमा रहेको बेला उनले राजीनामा दिएकी हुन् । आजै केहीबेरपछि मन्त्रिपरिषद् बैठक पनि बस्दैछ ।

शिक्षक महासंघसँग बारम्बार संवाद भइरहेको छ । तर निचोड निस्कन नसकेपछि शिक्षामन्त्री भट्टराई घेराबन्दीमा परेकी थिइन् ।
नेपाल शिक्षक महासंघको अगुवाइमा शिक्षकहरू शिक्षा ऐन जारी गर्न माग गर्दै २० दिनदेखि काठमाडौंमा आन्दोलित छन् ।













