नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

आज सुनको प्रतितोला मूल्य एक लाख ८५ हजार रूपैयाँ पुगेको छ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा प्रतितोला तीन हजार नौ सय रूपैयाँ बढी हो।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय पाँच रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार दुई सय नौ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













