नेपाली बजारमा शुक्रबार छापावाल सुन-चाँदीको मूल्य घटेको छ।
बिहीबारको तुलनामा सुनको मूल्य प्रतितोला तीन हजार नौ सय रूपैयाँले घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांक अनुसार शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ७६ हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।
बिहीबार चाँदी प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेकोमा शुक्रबार एक हजार आठ सय ७० रूपैयाँमा कारोबार भएको महासंघको तथ्यांकले देखाएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













