सिन्धुपाल्चोक जिल्ला, प्रतिनिधिसभा क्षेत्र नं.-१ का माननीय सांसद माधब सापकोटा ‘सुबोध’ को प्रमुख आतिथ्यमा बलेफी गाउँपालिका-७ डुम्रेचौर सान्ने र वडा नं. ८ को मजुवा जोड्ने ओख्ले खोला ट्रसपुलको उद्घाटन सम्पन्न भएको छ।
चैत २१ मा आयोजित उक्त कार्यक्रम विशेष रूपमा सम्पन्न भएको हो। कार्यक्रममा बलेफी गाउँपालिकाका अध्यक्ष गंगा बहादुर तामाङ विशेष अतिथिको रूपमा उपस्थित हुनुहुन्थ्यो। उद्घाटन समारोहमा स्थानीय जनप्रतिनिधिहरू, सामाजिक अगुवाहरू, विद्यालयका प्रतिनिधिहरू तथा स्थानीय बासिन्दाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। सांसद सापकोटाले पुल उद्घाटन गर्दै यस संरचनाले दुई वडाका बासिन्दाहरूलाई आवागमनमा सहजता ल्याउने र आर्थिक, सामाजिक तथा शैक्षिक विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो।

गाउँपालिका अध्यक्ष गंगा बहादुर तामाङले यो पुल निर्माणले विशेष रूपमा विद्यार्थी, किसान तथा व्यवसायीहरूलाई लाभ पुर्याउने बताउनु भयो। स्थानिय बासिन्दाहरूले लामो समयदेखिको यातायात कठिनाइ समाधान भएको भन्दै खुशी व्यक्त गरे।
पुल निर्माणमा योगदान पुर्याउने सबै निकायप्रति आभार व्यक्त गर्दै उनीहरूले भविष्यमा अन्य आवश्यक विकास निर्माणका कार्यहरू पनि अघि बढाउन आग्रह गरे। कार्यक्रम औपचारिक रूपमा समापन गर्दै उपस्थित अतिथिहरूले पुलको दीर्घायु र सुरक्षित प्रयोगको शुभकामना व्यक्त गरे।














