नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी रहेको छ। गत शुक्रबारदेखि सुनको मूल्यमा नयाँ रेकर्ड बनिरहेकोमा हिजो अर्थात् बुधबार भने केही घटेको थियो।

आज सुनको मूल्य फेरि हालसम्मकै उच्च विन्दुमा पुगेको छ।
आज सुन प्रतितोला एक लाख ८० हजार तीन सय रूपैयाँ पुगेको छ।
बिहीबार चाँदीको मूल्य भने अघिल्लो दिनको तुलनामा घटेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।













