भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङले पत्रकार सुरेश रजक परिवार र सविन महर्जनको परिवार आर्थिक राहत दिने भएका छन्।
चैत १५ गतेको घटनामा ज्यान गुमाएका दुई जनाको परिवारलाई आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन्।गुरूङले बुधबार एक कार्यक्रमबीच पत्रकार सुरेश रजक परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका हुन्।

भाटभटेनी सुपरमार्केटले गत चैत १५ गतेको घटनामा बहादुरी देखाउने सुरक्षा गार्ड दुलप्रसाद पराजुलीलाई पुरस्कृत गरेको छ। उनलाई आज एक कार्यक्रमबीच ५ लाख नगद रुपैयाँ पुरस्कार र पाँच ग्रेड बढुवाको सम्मान प्रदान गरिएको हो।
कार्यक्रममा सो दिन भएको लुटपाट र तोडफोडमा भाटभटेनीलाई जोगाउन भूमिका खेल्ने अन्य कर्मचारीहरुलाई पनि पुरस्कार र सम्मान प्रदान गरिएको छ।













