नेपाली बजारमा आज (बुधबार) सुन–चाँदीको मूल्य घटेको छ।
गत शुक्रबारदेखि सुनको मूल्यले नयाँ रेकर्ड बनाइरहेको थियो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७९ हजार एक सय रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला दुई हजार २० रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ११६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













