नेपाली बजारमा आज (मंगलबार) पनि सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार नयाँ रेकर्ड राखिरहेको सुनको मूल्यले यस दिन पनि निरन्तरता पाएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ७९ हजार सात सय रूपैयाँ पुगेको छ।
सोमबार प्रतितोला दुई हजार ३५ रूपैयाँमा कारोबार भएको चाँदी मंगलबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस ३१ सय ४४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।
अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेपछि नेपाली बजारमा सुनको मूल्य बढेको व्यवसायीहरू बताउँछन्।













