काठमाडौं : उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले इस्लाम धर्मावलम्बीको महत्त्वपूर्ण पर्व इदको शुभकामना दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले शुभकामना दिएका हुन्।
‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, उनले लेखेका छन्, इस्लाम धर्मावलम्बीहरूको एक महिना लामो रमादान (रोजा व्रत) पूरा भएको अवसरमा इस्लाम समुदायले आज ईद उल फित्र मनाउँदै छन् । ईद पर्वको अवसरमा शुभकामना व्यक्त गर्दछु ।”

यसै अवसरमा आज सरकारले आज सार्वजनिक बिदा दिएको छ।ईदलाई मुस्लिम समुदायले आपसी सद्भाव र शुभकामना आदानप्रदान गरी हर्षोल्लासका साथ मनाउने गरेका छन्।













