काठमाडौं – त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् ।कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने लोकप्रियगायिका आशा लामा ‘ज्ञानमाला’को आवाजमा नयाँ गीत ‘के पाए र खै?’ सार्वजनिक भएको छ।

गीतमा सुनीता केसीको शब्द, महेश खड्काको संगीत र महाराज थापाको एरेञ्ज रहेको छ। गीतको मिक्सिङ तथा मास्टरिङ् सजन शाहले गरेका हुन् भने, रेकर्डिङ एमटी स्टुडियोमा गरिएको हो।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ । गीतको भिडियो निर्देशक निरन श्रेष्ठको निर्देशनमा तयार पारिएको छ। भिडियोमा दीपा केसी, सुषिला श्रेष्ठ, निमेष दाहाल, विशेष्टा महर्जन, वासु बस्ताकोटी र सरु बस्ताकोटीको अभिनय रहेको छ।
यो भिडियोको छायांकन चक्रबहादुर बरालले गरेका छन् भने, भिडियोको सम्पादन, रङ संयोजन तथा पोस्टर डिजाइन विष्णु खड्काले गरेका छन्। मेकअप आर्टिस्ट कविता तोलांगी रहेकी छिन् भने, प्रोडक्सन म्यानेजरको जिम्मेवारी सफल खड्काले सम्हालेका छन्।
भिडियोको सम्पूर्ण निर्माण कार्य रोयल मुभिज तथा सफल मोसन पिक्चरको वर्क स्टेसनमा गरिएको हो।गीतको सुन्दर शब्द, मनछुने संगीत र आकर्षक भिडियोले दर्शक-श्रोताको मन जित्ने विश्वास गरिएको छ।गीतको अडियो तथा भिडियो ज्ञानमाला म्युजिकमार्फत सार्वजनिक गरिएको छ।हेर्नुस भिडियो….




