नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यले पुनः नयाँ रेकर्ड कायम गर्न सफल भएको छ।
लगातार बढिरहेको सुनको मूल्य आज हालसम्मकै उच्च विन्दुमा पुगेको हो।

उक्त दिन सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भएको थियो।
आज सुन प्रतितोला एक लाख ७६ हजार दुई सय रूपैयाँ पुगेको छ।
शुक्रबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
यस दिन चाँदीको मूल्य प्रतितोला दुई हजार ४० रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













