काठमाडौं- प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेलकाे कमान्डमा धेरै फरार प्रतिवादी समात्न सफल भएका छन् । विभिन्न कार्यहरु गरेबापत उत्कृष्ट सिंहदरबारका डीएसपी गंगा पौडेल उत्कृष्ट भएका हुन् ।
फैसला कार्यान्वयनमा उत्कृष्ट प्रदर्शन गर्दै सर्वोत्कृष्ट प्रहरी घोषित हुन सफल प्रहरी वृत्त सिंहदरबारका प्रमुख, प्रहरी नायव उपरीक्षक (डीएसपी) गंगा प्रसाद पौडेललाई प्रशंसा पत्र प्रदान गरिएको छ।

डीएसपी पौडेलको उल्लेखनीय कार्यको उच्च मूल्यांकन गर्दै काठमाडौं प्रहरी प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारीले उहाँलाई सर्वोत्कृष्ट प्रहरी घोषित गर्दै सम्मानपत्र प्रदान गर्नुभएको हो।
फागुन महिनाभर विभिन्न अदालतका फैसलाहरूको प्रभावकारी कार्यान्वयन गर्दै कानूनी शासनको सुदृढीकरणमा डीएसपी पौडेलले महत्वपूर्ण योगदान पुर्याउनुभएको थियो। उहाँको नेतृत्वमा अपराध नियन्त्रण, फैसला कार्यान्वयन तथा शान्ति सुरक्षामा प्रभावकारी कदमहरू उठाइएका थिए, जसका कारण प्रहरी वृत्त सिंहदरबार उत्कृष्ट बन्न सफल भएको हो।
एसएसपी अधिकारीले कानूनी कार्यान्वयनलाई प्रभावकारी बनाउन डीएसपी पौडेलले पुर्याएको योगदान प्रेरणादायी रहेको बताउँदै आगामी दिनहरूमा पनि यस्तै प्रतिबद्धताका साथ जिम्मेवारी निर्वाह गर्न प्रेरित गर्नुभयो।
सुरक्षा प्रवर्द्धन, न्याय सम्पादन, तथा कानून कार्यान्वयनमा देखाएको सक्रियता, निष्ठा र समर्पणको उच्च कदर गर्दै प्रहरी नायव उपरीक्षक गंगा प्रसाद पौडेललाई सम्मान प्रदान गरिएको प्रहरी प्रशासनले जनाएको छ।













