नेपाली बजारमा आज (शुक्रबार) सुन–चाँदीको मूल्य घटेको छ।
अघिल्लो दिन अर्थात् बिहीबार स्थिर रहेको सुनको मूल्य शुक्रबार प्रतितोला एक हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७५ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ९५ रूपैयाँमा कारोबार भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार २८ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













