नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य स्थिर रहेको छ।
गत मंगलबार र बुधबार लगातार नयाँ रेकर्ड बनाएको सुनको मूल्य यसदिन स्थिर रहेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७६ हजार रूपैयाँमा कारोबार भइरहेको छ।
बुधबार प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बिहीबार पनि सोही मूल्यमा किनबेच भइरहेको छ।
आज अन्तर्राष्ट्रिय बजारमा भने सुन प्रतिऔंस तीन हजार ५३ अमेरिकी डलरमा कारोबार भइरहेको छ।













