काठमाडौं – नेपाली संगीत क्षेत्रलाई नयाँ ऊर्जा दिने उद्देश्यसहित शुभ साई म्युजिक को प्रस्तुति ‘बिन्दास पाराले’ सार्वजनिक भएको छ। गीतमा प्रकाश पुरी र कल्पना केसी को सुमधुर आवाज रहेको छ। यस गीतका सर्जक बिष्णु पौडेल हुन् भने, संगीतकार राम कुमार केसी ले उत्कृष्ट संगीत भरेका छन्। गीतलाई आर.के. मिलन ले संगीत संयोजन गरेका छन् भने खड्क बजुराली ले मिक्सिङ र मास्टरिङ गरेका छन्।
गीतको रेकर्डिङ मलश्री स्टुडियो मा गरिएको हो।गीतको भिडियो निरेन श्रेष्ठ को निर्देशनमा तयार गरिएको छ। भिडियोमा आकर्षक नृत्य निर्देशन नितिन वाइबा ले गरेका छन्।

भिडियोमा शरद एलजी, निहारिका थापा, र राजेन्द्र गिरी को दमदार अभिनय देख्न सकिन्छ। यसलाई चक्र बी. बराल ले छायांकन गरेका छन् भने सम्पादन, रंग संयोजन तथा पोस्टर डिजाइन बिष्णु खड्का ले गरेका छन्।
भिडियोका मेकअप आर्टिस्ट कबिन खड्का हुन् भने वेशभूषा गज्जबको डिल डट कम र यासुइकाइमोनों डट कम बाट उपलब्ध गराइएको हो।भिडियो निर्माण व्यवस्थापन सफल खड्का को जिम्मेवारीमा सम्पन्न भएको छ। यसका कार्यसम्पादनलाई रोयल मुभिज र सफल मोशन पिक्चर्स ले सहकार्य गरेका छन्।बिन्दास पाराले’ ले दर्शक र श्रोतामाझ उत्कृष्ट चर्चा बटुल्ने अपेक्षा गरिएको छ।
गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।




