काभ्रेपलाञ्चोक — काठमाडौं जाँदै गरेको यात्रुवाहक बस र स्कुटर अरनिको राजमार्ग अन्तर्गत ५२ किलो मोड नजिक दुर्घटनामा परेको छ।
प्राप्त जानकारी अनुसार बा २ख ६२०२ नम्बरको बस र स्कुटर दुबै पाँचखालतर्फ गइरहेका थिए। ओभरटेक गर्ने क्रममा स्कुटर अनियन्त्रित भई बससँग ठोक्किएको बताइएको छ।

स्थानीय प्रत्यक्षदर्शीका अनुसार ५२ किलो मोड घुम्ती क्षेत्र भएकाले तीव्र गतिमा ओभरटेक गर्दा दुर्घटनाको जोखिम उच्च हुने गरेको छ। ट्राफिक प्रहरीले सवारी चालकहरूलाई गति सीमा पालना गर्न र सुरक्षितरूपमा ओभरटेक गर्न आग्रह गरेको छ।
दुर्घटनामा स्कुटर बसको टायर मुनि पुगेको छ्भने थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।
सम्बन्धित खवर













