सिन्धुपाल्चोक । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोकको आयोजनामा वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम – २०८१ भव्य रूपमा सम्पन्न भएको छ।
फागुन १६ गते, शुक्रबार काठमाडौँको सहिद पार्क, जगडोल, गोकर्ण मा सम्पन्न कार्यक्रममा प्रदेश सभा सदस्य माननीय अमृता नेपाल प्रभा प्रमुख अतिथि रहनुभएको थियो।

कार्यक्रममा विशेष अतिथिका रूपमा सूर्यगढी गाउँपालिकाका अध्यक्ष शन्तबहादुर घले, उपाध्यक्ष मञ्जु बुढाथोकी, सुर्यमुखी साना किसान सहकारी संस्था मेलम्ची -१ का अध्यक्ष तथा प्रतिष्ठान सिन्धुपाल्चोकका सल्लाहकार मित्रलाल चौलागाईं लगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
त्यसैगरी, लोकदोहोरी प्रतिष्ठान बागमती प्रदेशका सहसचिव योगेश लामा, सदस्य राजेन्द्र भण्डारी, काभ्रेपलाञ्चोक जिल्ला अध्यक्ष केदार न्यौपाने, ललितपुर जिल्ला अध्यक्ष मिठाराम अधिकारी, काठमाडौं जिल्ला अध्यक्ष रामचन्द्र घिमिरे, सल्लाहकारहरू अरुण कुमार गिरी, भिमसेन खतिवडा, लिला ढकाल, रुद्र नेपाल, नेकपा (माओवादी) काठमाडौं-सिन्धुपाल्चोक सम्पर्क मञ्चका अध्यक्ष जयराम आचार्य, रेशमलाल श्रेष्ठ, सम्पर्क प्रदेश समिति सदस्य मिथिला सिग्देल लगायत विभिन्न व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा लोकदोहोरी कलाकारहरू, संगीतप्रेमी, प्रतिष्ठानका पदाधिकारी, पत्रकार, कर्मचारी, तथा समाजका विशिष्ट व्यक्तिहरू को उपस्थिति थियो।
कार्यक्रममा लोकदोहोरी गीतका प्रस्तुति, सांस्कृतिक झलकहरू तथा मनोरञ्जनात्मक गतिविधिहरू समेटिएको थियो।कार्यक्रममा उपस्थित कलाकारहरूले आफ्ना लोकप्रिय लोकदोहोरी गीतहरू प्रस्तुत गर्दै माहोललाई झनै सांगीतिक बनाए।
प्रतिष्ठानका पदाधिकारीहरूले नेपाली लोक संस्कृति र दोहोरी गीतको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमको आवश्यकता रहेको बताए। उनीहरूले आगामी दिनमा अझ प्रभावकारी कार्यक्रमहरू आयोजना गर्ने प्रतिबद्धता जनाए।




