काठमाडौं, फागुन १६ – मध्यराति भूकम्प जाँदा धेरैजसो मानिस निदाइरहेको हुन्छन्, जसले तत्काल प्रतिक्रिया दिन कठिन हुन सक्छ। सुरक्षित रहनका लागि निम्न उपाय अपनाउनु आवश्यक छ।
१. भूकम्पका बेला सुरक्षित रहने उपाय
✅ भित्रै सुरक्षित बस्नुहोस्: ओछ्यानमा हुनुहुन्छ भने तकिया वा सिरकले टाउको ढाक्नुहोस्।
✅ मजबुत संरचनाको छेउमा बस्नुहोस्: टेबल, ओछ्यान वा बलियो फर्निचरको छेउमा बसेर टाउको र घुँडा ढाक्नुहोस्।
✅ ढोका वा झ्याल नजिक नजानुहोस्: काँच फुट्न सक्छ, जसले घाइते बनाउँछ।
✅ सिढी वा लिफ्ट प्रयोग नगर्नुहोस्: भूकम्पका बेला यी ठाउँहरू धेरै जोखिमपूर्ण हुन्छन्।
✅ बत्ती बाल्न नखोज्नुहोस्: ग्याँस लिक भएमा आगलागीको जोखिम हुन सक्छ।

२. बाहिर जाने अवस्था भए
✅ खुला ठाउँमा जानुहोस्: भवन, बिजुलीका पोल, रूख वा पर्खालबाट टाढा बस्नुहोस्।
✅ सडकमा भाग्ने प्रयास नगर्नुहोस्: भागदौड गर्दा थप दुर्घटना हुन सक्छ।
३. भूकम्प रोकिएपछि अपनाउनुपर्ने सावधानी
✅ बाहिर निस्किएर सुरक्षित ठाउँ खोज्नुहोस्।
✅ ग्यास, पानी र बिजुली लाइन जाँच गर्नुहोस्।
✅ सरकारी सूचना र समाचार सुन्नुहोस्, अफवाहमा नपर्नुहोस्।
✅ आपतकालीन झोला (टर्च, ब्याट्री, प्राथमिक उपचार, पानी, ड्राइफुड, पैसा) तयारी राख्नुहोस्।













