सिन्धुपाल्चोक । नेपाली लोकगीत तथा दोहोरी संस्कृतिको संरक्षण र प्रवर्द्धनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल, जिल्ला कार्यसमिति सिन्धुपाल्चोक ले २०८१ साल फागुन १६ गते, शुक्रबार विशेष वनभोज तथा विविध सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ।
प्रतिष्ठानका अनुसार उक्त कार्यक्रम काठमाडौंको गोकर्णस्थित सहिद पार्क, जगडोलमा सम्पन्न हुनेछ। नेपाली लोकसंस्कृति, कला, गीत–संगीतको प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गरिएको सो कार्यक्रममा प्रतिष्ठानका पदाधिकारी, स्थानीय कलाकार, लोक संगीत प्रेमीहरू तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमका क्रममा लोकगीत, दोहोरी, नृत्य तथा मनोरञ्जनात्मक प्रस्तुति समेत समावेश गरिनेछ। नेपाली मौलिक संस्कृति जगेर्ना गर्दै मनोरञ्जन प्रदान गर्ने यो विशेष कार्यक्रम प्रतिष्ठानको वार्षिक गतिविधिमध्ये एक महत्वपूर्ण अवसर भएको आयोजक समितिले जनाएको छ।
कार्यक्रमलाई भव्य र व्यवस्थित बनाउन सिन्धुपाल्चोक जिल्लाका प्रतिष्ठान सदस्यहरू, कलाकार, संगीतप्रेमी तथा स्थानीयबासीहरूलाई उपस्थितिका लागि आग्रह गरिएको छ।
थप जानकारी तथा सम्पर्कका लागि:
📞 ९८४१७८८६९३, ९८४५९९६८३३, ९८६०२२८३४३





