काठमाडौं : त्यसो त, पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक स्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक स्रोताको मन जित्ने गर्छन् । झन सुन्दा कान र हेर्दा आँखालाई आनन्द दिने गीतहरु त निकै कम हुने गर्छन् ।
यसैबीच, कान र आँखालाई आनन्द दिने पछिल्लो समय धेरैको मन मुटुमा बसेका गायिका कल्पना पराजुलीको स्वर रहेको नयाँ गीत रिलिज भएको छ। भर्खरै रिलिज “याे मन बैरागी” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ।

गीतमा पछिल्लो समयकी लोकप्रिय गायिका कल्पना पराजुलीको आवाजको सुमधुर आवाज रहेको छ। प्रेमिला शब्दहरुले भरिएको गीतमा रमेश श्रेष्ठकाे उत्कृष्ठ शब्द अनि कल्पना पराजुलीको संगीत रहेको छ भने बिष्णु तामाङकाे संगित संयाेजन रहेको छ।
त्यसो त गीतको अडियो सुन्दा कानलाई जति आनन्द मिल्छ, त्यो भन्दा आनन्द भिडियो हेर्दा आँखालाई आउने गर्छ। किनकी गीतको अडियोसंगै भिडियो पनि निकै आकर्षक बनाइएको छ।
भिडियोमा सुमित्रा खनाल र भुबन खड्का लगायत अन्य कलाकारहरु फिचर्ड छन् । निर्देशक निरेन श्रेष्ठको कथा र निर्देशन भिडियोमा रहेको छ ।
आकर्षक फ्रेममा चक्र बराल बासुले भिडियो खिच्ने काम गरेका हुन् । भिडियोलाई विष्णु खड्काले सम्पादन गरेका छन् ।गीतलाई रिलिज भएको छोटो समयमा राम्रो प्रतिक्रिया मिलेको छ। गीतको अडियो भिडियो दुबैलाई तारिफ गरिएको छ।
उक्त गीतको भिडियोAshim Kumar Katuwal च्यानलमार्फत सार्वजनिक गरिएको छ ।
हेर्नुस भिडियो……




