हरितालिका तीजको शुभकामनासहित पछिल्लो समय तीजका गीत–संगीत सार्वजनिक हुने क्रम बढिरहेको छ। यसै क्रममा ‘पाउको जल’ बोलको नयाँ तीज गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ।
सुवास अधिकारी र लक्ष्मी परियारको सुमधुर स्वरमा सजिएको गीतमा अर्जुन गहतराजको मन छुने शब्द तथा प्रकाश सापकोटाको संगीत रहेको छ। गीतमा विष्णु तामाङले म्युजिक एरेन्ज गरेका छन्। म्युजिक भिडियोमा चर्चित मोडल सुरज भारती र लक्ष्मी परियारको कारुणिक अभिनय देख्न सकिन्छ। प्रेम, समर्पण र भावनात्मक कथावस्तुलाई प्रस्तुत गरिएको भिडियोले दर्शकको ध्यान आकर्षित गरिरहेको छ।

अर्जुन गहतराजको निर्देशनमा तयार भएको भिडियोमा महेश महराको छायांकन तथा मिन रावलको सम्पादन रहेको छ। सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाउँदै गएको छ भने सञ्चारमाध्यममा समेत ‘पाउको जल’ गुञ्जिन थालेको छ।
‘पाउको जल’ म्युजिक भिडियो Subash Adhikari नामक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। तीजको मौलिक भावना र भावनात्मक कथालाई समेटिएको यो गीत यस वर्षको तीजमा दर्शक–श्रोतामाझ लोकप्रिय बन्ने अपेक्षा गरिएको छ।








