सिन्धुपाल्चोक । सिन्धुपाल्चोक क्षेत्र नं. १ का माननीय सांसद भरत पराजुलीले जुरे पहिरो प्रभावित क्षेत्रमा भइरहेको सडक निर्माण कार्यलाई प्रभावकारी बनाउन विशेष चासो व्यक्त गर्नुभएको छ। विनाशकारी जुरे पहिरोले क्षतिग्रस्त बनाएको सडक खण्डको पुनर्निर्माणमा भइरहेको प्रगतिबारे स्थलगत अनुगमन गर्दै गर्दै गुणस्तर, समयसीमा र आर्थिक पारदर्शितालाई उच्च प्राथमिकता दिन निर्देशन दिनुभएको छ।
भौगोलिक रूपमा संवेदनशील मानिएको जुरे क्षेत्रमा बन्ने सडक प्राविधिक रूपमा मजबुत र दिगो हुनुपर्नेमा उहाँको जोड छ। “कमसल सामग्रीको प्रयोगले भोलि पुनः जोखिम निम्त्याउन सक्छ, त्यसैले गुणस्तरमा सम्झौता नगरियोस्,” उहाँले भन्नुभयो।

परियोजनाको म्याद थप्ने प्रवृत्तिलाई निरुत्साहित गर्दै तोकिएकै समयभित्र काम सम्पन्न गरी जनताको सास्ती अन्त्य गर्न उहाँले निर्माण व्यवसायीलाई निर्देशन दिनुभयो।राज्यको लगानीमा भइरहेको कामको प्रत्येक पैसाको हिसाब पारदर्शी हुनुपर्ने र स्थानीयले विकासको अनुभूति गर्न पाउनुपर्ने उहाँको अडान छ।
स्थानीय बासिन्दाको गुनासो सुन्दै सांसद पराजुलीले विकासमा कसैले राजनीति गर्न नहुने बताउनुभयो ।













