काठमाडौं उपत्यकामा आज (वैशाख १) देखि रात्रिकालीन बस सेवा सुरु गरिएको छ । साझा यातायातले राति ८ बजेदेखि ११ बजेसम्म दुई रुटमा सेवा सञ्चालन गरेको हो ।
पूर्व–पश्चिम रुटमा एयरपोर्टदेखि थानकोटसम्म विभिन्न मुख्य स्थानहरू हुँदै बस चल्नेछ भने उत्तर–दक्षिण रुटमा बुढानीलकण्ठदेखि लगनखेलसम्म सेवा उपलब्ध हुनेछ ।यसका लागि ७ वटा विद्युतीय बस प्रयोग गरिएको छ । सेवा सञ्चालनमा विभिन्न स्थानीय तहहरूको सहकार्य रहेको छ ।
















